Pura Samachar

सुनचाँदीको मूल्य घटयाे

प्रकाशित: May 12, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य घटयाे

काठमाडौं। साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। शुक्रवार सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य शुक्रवार तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रवार सुनको मूल्य प्रतिऔंस २०१२.२२ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २४.०३ डलर छ। बिहीबार सुन प्रतिऔंस २०३०.९२ डलर र चाँदी प्रतिऔंस २५.३१ डलर थियो।

प्रतिक्रिया