Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचबिहान भेटवार्ता

प्रकाशित: May 12, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचबिहान भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक  भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएर सहयोग गर्ने जानकारी गराएका छन् ।  प्रधानमन्त्रीलाई लामिछानेले भने, ‘भ्रष्टाचारका फाइल खोलेकामा तपाईंलाई धन्यवाद।’

जवाफमा प्रधानमन्त्रीले ‘अरू पनि धेरैका फाइल खोल्छौँ, तपाईं पनि सरकारमा आउनूस्।’ भनेकाे स्रोतले जनाएकाे छ ।

विभिन्न कारणले पार्टी सरकारमा सहभागी हुन नसकेपनि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने रविको भनाइ रहेको स्रोतले जनाएको छ ।

प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका छन् । ।रास्वपाले हालैमात्रै सरकारलाई समर्थन फिर्ता लिएको थियो । सो पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया