दशरथ रंगशालामा शुक्रबार संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस अंक तालिकामा पुछारको स्थान छोड्न सफल रहयो।
मोजेस ग्याबा र मोहमद आशिकले पुलिसका लागि गोल गर्दा संकटाका निशान खड्काले फ्रिकिकमार्फत बराबर गरेका थिए ।
यस जितसँगै पुलिस ११ औं स्थानमा उक्लिएको छ । पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारसहित १९ अंक छ ।
संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ दशौं स्थानमा छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा मनाङ र हिमालयनले १-१ गोलको बराबरी खेलेका हुन् ।
मनाङका लागि निराजन धामीले १४ औं मिनेटमा गोल गरेका थिए ।
हिमालयनका लागि अबायानी फकुल्नीले ३६ औं मिनेटमा गोल गरेका थिए ।
मनाङ १७ खेलबाट २१ अंक सहित आठौं स्थानमा कायमै रहेको छ ।
हिमालयन १७ खेलमा २१ अंक सहित तालिकाको नवौं स्थानमा कायमै रहेको छ ।
प्रतिक्रिया