Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: May 14, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार २ सय ५० रूपैयाँ कायम छ। गत शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।

प्रतिक्रिया