आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धित विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयाे ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, दलका उपनेता सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुभएकाे थियाे ।