Pura Samachar

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज दुई खेल हुदै

प्रकाशित: May 14, 2023
पूरा समाचार

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज  दुई खेल  हुदै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा आज आईतबार दुई खेल आयोजना हुदैछ ।

आजको पहिलो खेलमा राजस्थानको घरेलु मैदान सवाईमान सिंह स्टेडियममा हुने खेलमा घरेलु टोलीले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ ।

यस खेलमा जित दर्ता गरेर दुवै टोली प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् ।

दोस्रो खेलमा घरेलु मैदान एमए चेन्नास्वामीमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाईट राईडर्सको सामना गर्ने छ ।

यस खेलमा पराजित भएमा कोलकत्ता प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । कोलकत्तालाई पराजित गरे चेन्नाई प्लेअफ प्रवेश गर्न चाहन्छ ।

कोलकत्ता पनि चेन्नाईलाई पराजित गरी आफ्नो प्लेअफ सम्भावना कायमै राख्न चाहन्छ ।

प्रतिक्रिया