काठमाडौं- आइतबार नेपाली बजारमा स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला दुईसय रूपैयाँले बढेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया