Pura Samachar

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिए

प्रकाशित: May 15, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणको दर घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यतिबेला नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११२ रहेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १ हजार ९१ जनाको परीक्षण गरिएको थियो । तीमध्ये २५२ जनाको पीसीआर गर्दा १४ जनामा तथा ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २२ जना संक्रमणमुक्त भएका छन् भने ४८ हजार १२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया