Pura Samachar

मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई हरायाे

प्रकाशित: May 15, 2023
पूरा समाचार

मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई हरायाे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो ।

मछिन्द्रको जितमा ओलावाले अफिजले दुई तथा एन्ड्रिस निया एक गोल गरेका थिए । मछिन्द्रले अग्रता नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो ।

अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाउने काम गरे । खेल सकिन ७ मिनेट बाँकी छदाँ अफिजले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई शानदार जित दिलाए ।

जितपछि मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । उसले शीर्ष स्थानको जावलाखेलसँगको दुरी एक अंकमा झारेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ ।

सोमबारनै भएको अर्को खेलमा हिमालयन शेर्पा र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । म्यानुअल नानाले ५० औं मिनेटमा शेर्पालाई अग्रता दिलाएका थिए । संकटाका आयुश घलानले ७४ औं मिनेटमा संकटाका लागि बराबरी गोल फर्काएका थिए ।

संकटाले १८ खेलकोे समाप्तिमा २१ अंक जोडेको छ र तालिकाको ११ औं स्थानमा उक्लिएको छ । शेर्पा २२ अंक सहित नवौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया