
साविकको विजेता गुजरात टाइटन्स् जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को प्ले–अफ चरणमा पुगेको छ ।
नरेनद्य्रमोदी स्टेडियममा सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि ३४ रनको जित निकाल्दै घरेलु टोलि गुजरातले आईपीएलको प्ले–अफमा स्थान पक्का गरेको हो । यता हारको सामना गरेको हैदरावाद भने बाहिरिने निश्चित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको गुजरातले शुभमन गिलको विष्फोटक शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनको योगफल खडा गरेको थियो ।
ओपनर गिलले ५८ बलमा १३ चौंका र एक छक्काको सहयोगमा १०१ रनको पारी खेले । उनको यो आईपीएल करियरको पहिलो शतक समेत हो । गिल गुजरातका लागि आईपीएलमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
यसबाहेक साई सुदर्शनले ४७ रन बनाए भने ५ जना ब्याट्सम्यान डकआउट भए भने ९ जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
आजको खेलमा गुजरातको टोलि ब्रेस्ट क्यानसर प्रति जागरण जगाउने कार्यलाई सघाउन ल्याभेन्डर रङ्गको जर्सिमा मैदानमा उत्रिएको थिए ।
बलिङ्गमा हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए भने मार्काे यान्सेन, फजलहक फारुकी र टी नट्राजनले एक एक विकेट हात पारे ।
१८९ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा उत्रिएको हैदरावादको टोलिले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्र बनायो ।
जवाफि ब्याटिङ्ग गर्ने क्रममा हैदरावादले राम्रो शुरुवात पाउन सकेन । टोलिले पहिलो ६ ओभर अर्थात पावर–प्लेको दौरानमै आफ्नो महत्वपूर्ण चार विकेट गुमाउन पुगेको थियो ।
यसपछि पनि हैदरावादले नियमित रुपमा आफ्नो विकेटहरु खेर फाल्ने क्ममा हेनरिक क्लासेनले ४४ बलमा ६४ रनको सर्वाधिक पारी खेले । यसबाहेक भुवनेश्वरले २७ र मायाङ्क मार्कन्डेले
बलिङ्गमा गुजरातका मोहम्मद सामी र मोहित शर्माले समान ४–४ विकेट चट्काए भने यश दयालले एक विकेट लिए ।
जितसँगै प्ले–अफमा स्थान सुरक्षित गरेको गुजरात १३ खेलमा १८ अंक जोड्दै शिर्ष स्थानमा छ । हारको सामना गरेको हैदरावादको १२ खेलमा ८ अंक छ । अब हैदरावादको २ खेल बाँकी छ र सबै खेल जितेमा पनि उसको १२ अंक मात्र हुनेछ । जबकी अहिले तालिकाको चौथो स्थानमा रहेको लखनउ सुपर जायन्ट्सको १३ अंक छ ।
चार टोलिले आईपीएलको प्ले–अफमा स्थान पाउनेछन् ।
प्रतिक्रिया