Pura Samachar

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित: May 16, 2023
पूरा समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं- मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको स्थिर छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ।

प्रतिक्रिया