Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: May 17, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।  मंगलबार प्रतितोला एक सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँ कायम छ।

यो साता लगातार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार घटेको छ। बुधबार ताेलामा पाँच रूपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।

प्रतिक्रिया