Pura Samachar

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: May 18, 2023
पूरा समाचार

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडाैं । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहने महाशाखाकाे भनाइ छ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, महाशाखाका अनुसार राती कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया