Pura Samachar

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा: आज एकैदिन तिन खेलहुँदै

प्रकाशित: May 18, 2023
पूरा समाचार

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा:  आज एकैदिन तिन खेलहुँदै

काठमाण्डौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहिबार) ट्रिपल हेडर्स हुँदैछन् ।

लिग अन्तगर्त आज एकैदिन तिन हाई–भोल्टेज खेलहरु हुनेछन् । जसमध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशामा हुनेछ भने एक खेल च्यासलस्थित च्यासल मैदानमा खेलिनेछ ।

आज साँझ ६ बजे दशरथ रंगशालामा हुने अन्तिम खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । यस खेलमा एन्आरटीलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा पुनरागमन गर्ने दाउमा हुनेछ ।

जावलाखेल १८ खेलमा ३१ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको चर्च बोइज युनाइटेडभन्दा मात्र २ अंक कम हो ।

एनआरटी भने १८ खेलमा २२ अंकसहित नवौं स्थानमा छ ।

आजै दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्ड्स क्लबको सामना गर्दैछ । १८ खेलमा ३० अंकसहित तेस्रो स्थानमा रहेको मछिन्द्रले फ्रेण्ड्समाथि जित निकालेमा शीर्ष स्थानको चर्च ब्वाइजसँग अंक बराबरी गर्नेछ । चर्च बोइजभन्दा मच्छिन्द्र ३ अंकले पछि छ ।

यता फ्रेण्ड्स भने २० अंकसहित १३औं स्थानमा छ । फ्रेण्ड्स भने मच्छिन्द्रलाई निराश पार्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्न चाहन्छ ।

त्यस्तै च्यासल फुटबल मैदानमा हुने खेलमा संकटा क्लब र मनाङ्ग मस्र्याङ्गदी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

मनाङ्ग १८ खेलमा २२ अंकसहित सातौं स्थानमा छ भने संकटा समान खेलमा २१ अंकसहित १२औं स्थानमा छ ।

प्रतिक्रिया