काठमाडौं। प्रतिनिधि सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए।
पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले वैशाख २८ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमा शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए। तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेकोले ओलीको सम्बोधन अर्को दिन सम्बोधन गर्ने गिरीले बताए।
प्रतिक्रिया