Pura Samachar

बेंगलोर इन्डियन प्रिमियर लिग आइपिएलको  प्लेअफ नजिक

प्रकाशित: May 19, 2023
पूरा समाचार

बेंगलोर इन्डियन प्रिमियर लिग आइपिएलको  प्लेअफ नजिक

काठमाडौं । सनराईजर्स हैदरवादलाई हराउँदै  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग ९आइपिएल० को  प्लेअफ नजिक पुगेको छ ।  विहीवार राति भएको खेलमा बेंगलोरले हैदरावादलाई आठ विकेटले हरायो । विराट कोहलीले शतक बनाएपछि बेंगलोरले प्ले अफ दौड कायमै राखेको हो ।

जितको लागि १ सय ८७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरका ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपिएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र फाफ डु प्लेसिसले १७.५ ओभरमा १ सय ७२ .रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनमा आउट भए । ग्लेन म्याक्सवेल ५ र माइकल बेसवेल ४ रनमा नटआउट रहे । हैदराबादका टि नटराजन र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । हैदराबादका हेनरिक क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न पर्याप्त भएन् ।

उनको यो आइपिएल करिअरको पहिलो शतक हो ।  ह्यारी ब्रुक १७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे ।  कप्तान एडेन माक्ररम २० बलमा १८ रन बनाएर आउट भए । ओपनर अभिषेक शर्मा ११ र राहुल त्रिपाठी १५ रनमा आउट भए ।

बेंगलोरका माइकल ब्रेसवेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । हर्षल पटेल र शहबाज अहमदले समान एक विकेट लिए ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ । उक्त खेलमा बेंगलोर विजयी भए दा १६ अंकमा पुग्नेछ । नेटरनरेटको कारण उसले मुम्बईलाई पछि पार्दै प्लेअफ खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ पाँचौं स्थानमाछ । मुम्बई नेटरनरेटमा पछि छ ।

गुजरात टाइटन्स १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ । चेन्नईको १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल र नतिजाका साथ १५ अंक भएपनि नेटरनरेटका कारण लखनऊ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया