
काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ५ सय रुपैयाँले घटेको हो। शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनदेखि प्रतितोला १३ सय ७० रुपैयाँमा स्थिर छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १९६२.६७ डलरले कारोबार भइरहेको छ। बिहीबार १९६४.०४ डलर थियो।
यसैगरी चाँदी प्रतिऔंस २३.६१ डलर छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य थोरै घटे पनि स्थानीय बजारमा भने स्थिर छ।बिहीबार प्रतिऔैंस २३.६४ डलर थियो।
प्रतिक्रिया