Pura Samachar

मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी

प्रकाशित: May 19, 2023
पूरा समाचार

मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारले कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।

प्रतिक्रिया