Pura Samachar

एशियाली विकास बैंक (एडिबी) ले नेपाललाइ तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने

प्रकाशित: May 19, 2023
पूरा समाचार

एशियाली विकास बैंक (एडिबी) ले नेपाललाइ तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने

एजेन्सी । एशियाली विकास बैंक (एडिबी) ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो ।दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।

प्रतिक्रिया