Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग एक खेल हुँदै

प्रकाशित: May 20, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग  एक खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शनिबार एक खेल हुँदैछ ।लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत शनिबार अन्तिम एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार १८ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सातदोबाटो आठौं जितको खोजीमा हुनेछ । सातदोबाटो १८ खेलमा २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पहिलो लेगमा थ्री स्टारले सातदोबाटोलाई हराएको थियो । दशरथ रंगशालामै भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हराएको थियो ।

थ्री स्टारको जितमा आदित्य शाक्यले निर्णायक गोल गरेका थिए ।

आज थ्री स्टार उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

सातदोबाटो भने पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया