इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् ।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुने आजको पहिलो खेलमा चेन्नाई सुपर किङ्गस र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुनेछ ।
यो खेल नेपाली समयानुसार दिउँसो ३:४५ बाट शुरु हुनेछ । घरेलु टोली दिल्लीबिरुद्ध मैदानमा उत्रिदै गर्दा जितसहित प्ले अफमा आफ्नो यात्रा पक्का गर्न चाहन्छ ।
आजको खेल जिते चेन्नाई शिर्ष चारमा प्रवेश गर्नेछ । उसको जारी सिजन १३ खेलमा १५ अंक रहेको छ ।
यता खराब प्रदर्शनका साथ यसअघि नै लिगबाट बाहिरीसकेको दिल्ली भने आज औपचारिकताका लागि यस सिजनको आफ्नो अन्तिम खेल खेल्दै छ ।
यसै कारण आज घरेलु मैदानमा जितका साथ जिसनको अन्त्य गर्ने लक्ष्यमा दिल्ली रहनेछ । दिल्लीले अघिल्ला १३ खेलबाट १० अंक जोडेको छ ।
यस्तै राति ७:४५ बाट शुरु हुने आजको दोश्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकाता नाईट राईडर्सबिच खेल हुनेछ ।
कोलकातास्थित इडेन गार्डेन स्टेडियममा हुने खेदमा आज लखनउ पनि घरेलु टोली कोलकातालाई हराएर प्ले अफमा आफ्नो स्थान पक्का गर्ने दाउमा हुनेछ ।
लखनउको १३ खेलमा १५ अंक रहेको छ । यता प्ले अफको सम्भावना कायमै रहेको कोलकाता पनि आज लखनउलाई हराएर आफ्नो सम्भावना अझै बलियो बनाउन चाहन्छ ।
१३ खेलबाट १२ अंक जोडेको कोलकाताले आफ्नो शिर्ष चारको सम्भावना बलियो बनाउन आजको खेलमा फराकिलो जित निकाल्नु पर्ने हुन्छ ।
प्रतिक्रिया