
काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबमाथि २-० को सहज जित निकालेको ।
जितसँगै १९ खेलमा २९ अंक जोडेको सातदोबाटो चौंथो स्थानमा छ । पराजय ब्यहोरेको थ्री स्टार समान खेलमा २६ अंकका साथ पाँचौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ललितपुर डर्बीमा सातदोबाटोलाई जित दिलाउन दुवै गोल विलियम ओपोकुले गरे ।
खेलको २४ औं मिनेटमा विलियमले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । ४७औं मिनेटमा विलियमले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसँगै सातदोबाटोले थ्री स्टारसँग पहिलो लेगमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो लेगमा थ्री स्टार १-० ले विजयी भएको थियो ।
प्रतिक्रिया