Pura Samachar

म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि

प्रकाशित: May 21, 2023
पूरा समाचार

म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि

काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरे ।

यस सिजन उत्कृष्ट सुरुआत गर्दै लामो समयसम्म शीर्ष स्थानमा रहेको आर्सनलले २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा आर्सनल सफल हुन सकेन ।

नटिङहम फरेस्टसँग हारपछि आर्सनलको ३७ खेलबाट ८१ अंक छ र अब एक खेल बाँकी हुँदा शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि छ । सिटीले सबै खेल हार्दा पनि आर्सनलले बाँकी एक खेल जितेर भेट्ने छैन ।

प्रतिक्रिया