
काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। गएको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया