इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को अन्तिम लिग खेल समाप्तिसँगै प्ले अफमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ ।
आईपीएल २०२३ मा २० अङ्कका साथ शिर्ष स्थान हासिल गर्दै गुजराज टाइटन्स, चेन्नाई सुपर किङ्गस, लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन प्ले अफमा पुगेका छन्।
पाँच पटकको आईपीएल च्याम्पियन मुम्बईलाई प्ले अफमा पुर्याउन डिफेन्डिङ्ग च्याम्पियन गुजरातले अन्तिम खेलमा रोयल च्यालेञ्जर बेङ्गलोरलाई पराजित गर्दै महत्वपूर्ण भूमिका निभाएको थियो ।
चार टोली प्ले अफमा पुगेपछि अब गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्गबिच २३ मेमा पहिलो क्वालिफायर खेल हुनेछ । त्यसपछि २४ मेमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियनबिच एलिमिनेटर खेल हुने छ । यी दुवै खेल चेन्नाईको एमए चिदम्बरम स्टेडियममा हुनेछ ।
त्यस्तै क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेता टोलीबिच दोश्रो क्वालिफायर खेल हुनेछ । फाइनल खेल २८ मेमा नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।
प्रतिक्रिया