Pura Samachar

नेप्से परिरसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा

प्रकाशित: May 22, 2023
पूरा समाचार

नेप्से परिरसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा

काठमाडौं।  सोमबार उत्पादन तथा प्रशोधन र होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको सेयर सेयर मूल्य ‘बुम’ भएको छ।

चैत मसान्तसम्म अन्य क्षेत्र भन्दा राम्रो वित्तीय विवरणका कारण पनि यी क्षेत्रका कम्पनीहरुमा खरिदकर्ता बढ्दा मूल्य बढेको हो।

सोमबार उत्पादन तथा प्रशोधन क्षेत्र २.४४ प्रतिशत र होटल तथा पर्यटन क्षेत्र १.५२ प्रतिशतले बढेको हो।

सोमबार नेप्से परिरसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुसम्म आइपुगेको छ। यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेको हो।

बजार बढ्दा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ११२ रुपैयाँले बढेको हो। यस्तै युनिलिभरको सेयर मूल्य पनि प्रति कित्ता १ हजार ७५० रुपैयाँले बढेको छ।

सेयर बजारमा सामान्य सुधार भएपनि कारोबार रकम भने घटेको छ। सोमबार १ अर्ब २७ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ। जुन आइतबारको तुलनामा कम हो। आइतबार १ अर्ब ६० करोड बराबरको कारोबार भएको थियो।

कारोबारको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको ७ करोड ३४ लाख बराबरको कारोबार भएको हो। यस्तै सोल्टी होटलको ६ करोड र ओरियन्टल होटलको पनि ५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रतिक्रिया