Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: May 23, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।  सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ८ सय रूपैयाँले घटेको हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम छ।

चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबारको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम छ।

प्रतिक्रिया