Pura Samachar

फाइनल प्रवेशकाेलागि आज गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्गसबिच भिडन्त हुँदै

प्रकाशित: May 23, 2023
पूरा समाचार

फाइनल प्रवेशकाेलागि आज  गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्गसबिच भिडन्त हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज (मंगलबार) अंक तालिकामा पहिलो र दोश्रो स्थानमा रहेका गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्गसबिच भिडन्त हुँदैछ ।

पहिलो क्वालिफायर खेल एमए चिदम्बर स्टेडियममा नेपाली समयानुसार राती ७:४५ बजे आयोजना हुनेछ । आजको खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित टोलीलाई फाइनलमा प्रवेश गर्न गर्न क्वालिफायर टु खेल्ने अवसर मिल्नेछ ।

प्रतिक्रिया