Pura Samachar

विभागिय टोली पुलिस र खुमलटारको जित

प्रकाशित: May 23, 2023
पूरा समाचार

विभागिय टोली पुलिस र खुमलटारको जित

काठमाण्डौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय टोली पुलिस विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबार भएको खेलमा पुलिसले थ्री स्टार क्लबलाई १-० गोलले पराजित गरेको हो ।

पुलिसलाई जित दिलाउन अहमद हिजाजीले निर्णायक गोल गरे ।

उनले पहिलो हाफको २८ औं मिनटमै गोल गरेका थिए ।

त्यसपछि खेलमा दुवै टोलीबाट गोल हुन सकेन र पुलिसको जितका लागि हिजाजीको गोल नै निर्णायक बन्यो ।

जितसँगै २० खेलमा २५ अंक जोडेको पुलिस आठौं स्थानमा उक्लिएको छ ।

यता पराजित थ्री स्टार समान खेलमा २६ अंकसहित छैठौं स्थानमा रहेको छ ।                                                       त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको दोश्रो लेगको सातौं चरण अन्तर्गतको खेलमा खुमलटारले सातदोबाटोलाई १-० गोलले पराजित गरेको हो ।

खुमलटारको जितका लागि मेसुके ओलुमोउले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३७ औं मिनटमै गोल गरेका थिए ।

त्यसपछि खेलको बाँकी समयमा दुवै गोलका लागि पाएको मौकाको सहि सदुपयोग गर्न सकेनन् । यससँगै खुमलटारको जितका लागि मेसुकेको गोल निर्णायक बन्यो।

जितसँगै २० खेलबाट २१ अंक जोडेको खुमलटार लालिकाको अन्तिम स्थानमा छ । यता पराजित सातदोबाटो समान खेलमा २९ अंकसहित चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया