Pura Samachar

काभा महिला भलिबल च्यालेन्ज कप:नेपालको लगातार दोस्रो जित

प्रकाशित: May 23, 2023
पूरा समाचार

काभा महिला भलिबल च्यालेन्ज कप:नेपालको लगातार दोस्रो जित

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा मंगलबारको खेलमा नेपालले बंगलादेशलाई ३–० ले  हराएको हो । पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

प्रतिक्रिया