काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (बुधबार) आयोजक नेपाल र भारत भिड्दै छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
यसअघि नै सेमिफाइनलमा पुगिसकेका नेपाल र भारतबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ।समूह ए मा रहेका नेपाल र भारतले लगातार दोस्रो जित निकाल्दै एक खेल अगावै अन्तिम चारमा स्थान बनाइसकेका छन्।
नेपाल आजको खेलमा उपाधि दाबेदार भारतलाई हराउँदै समूह विजेताका रूपमा अघि बढ्न चाहन्छ । उता भारत पनि दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै आफ्नो दबदबा कायम राख्न चाहन्छ।
आजै हुने अन्य खेलमा समूह एको अन्तिम खेलमा बङ्गलादेश र किर्गिस्तान प्रतिस्पर्धा गर्नेछन्। समूह बीका उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र मालदिभ्स खेल्नेछन्।
आजको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।
प्रतिक्रिया