Pura Samachar

बझाङमा भूकम्पको धक्का महसुस

प्रकाशित: May 24, 2023
पूरा समाचार

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ – बझाङमा भूकम्प गएको छ । आज (बुधबार) बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया