
काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
मंगलबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा करोबार भएको थियो। चाँदी भने दुई दिनदेखि सामान्य घटिरहेको छ। बुधबार पनि चाँदी तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँ रहेको थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य केही बढेको छ भने चाँदीको घटेको छ। सुन प्रतिऔंस १९७८.२२ डलर पुगेको छ। मंगलबार सुन प्रतिऔंस १९६०.९२ डलर थियो। यसैगरी मंगलबारप्रतिऔंस २३.४९ डलर रहेको चाँदी बुधबार घटेर २३.४६ डलर छ।
प्रतिक्रिया