Pura Samachar

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु

प्रकाशित: May 25, 2023
पूरा समाचार

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्सालको मृत्यु भएको हो।

जीपको ठक्करबाट सख्त घाइते हुनुभएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

बिहिबार बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ ज.९२३ नम्बर को जीपले सोही दिशातर्फ गइरहेको रा. ७ .प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउने गर्थिन् । उनलाई विद्यालयमा जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया