Pura Samachar

फ्रेन्ड्स क्लबकाे सानदार जित

प्रकाशित: May 26, 2023
पूरा समाचार

फ्रेन्ड्स क्लबकाे सानदार जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे ।

राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जित दिलाए ।

फ्रेन्ड्सको यो छैटौं जित हो । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ ।

फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ ।

सातदोबाटो चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया