काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले खुमलटारलाई पराजित गरेको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नेपाल पुलिसको जितमा भारत शाह र मुहमद आशिकले एक एक गोल गरेका थिए ।
पहिलो हाफ बिना कुनै गोल सकिएको यस खेलमा पुलिसले खेलको ७५औं र ८८औँ मिनेटमा गोल गरेको थियो ।
यो जितपछि पुलिसको २१ खेलमा २८ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी खुमलटारको भने २१ खेलमा २१ अंक छ र लिगमा पुछारमा रहेको छ ।
प्रतिक्रिया