
जनकपुरधाम । सप्तरीको छिन्नामस्ता गाउँपालिका ३ स्थित राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय जोगिन्द्र शाहका १८ वर्षीय छोरा श्याम कुमार यादव र रघुवर खंगका ३० वर्षीय छोरा विकास कुमार खंग रहेका छन् ।
उक्त मोटरसाइकलमै तीनै जना सवार थिए । मृतक दुबै जनाको शव राजविराज लगिएको छ ।
प्रतिक्रिया