Pura Samachar

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुग्यो

प्रकाशित: November 1, 2020

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर थप १७ जना संक्रमितको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ९ सय ३७ जना पुगेको हो ।

यसैगरि आज नेपालमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।

प्रतिक्रिया