Pura Samachar

देशभर आंशिकदेखि सामान्य बदली रहने

प्रकाशित: May 27, 2023
पूरा समाचार

देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ – नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

 

प्रतिक्रिया