
काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ।
आइतबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
एक सातादेखि घट्न थालेको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९४६.६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.३२ डलर कायम छ।
प्रतिक्रिया