Pura Samachar

आजको राशिफल

प्रकाशित: May 29, 2023
पूरा समाचार

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पढाइ लेखाइमा मन जानेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । पढाइ लेखाइमा मन पनि जानेछ, तर स्वास्थ्यको ख्याल गर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धूम्रपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनसक्छ, तर आर्थिक लाभ भने हुनेछ । वैदेशिक र प्राविधिक कार्यमा राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या र औषधी उपचार खर्च बढ्नेछ, तर दिनको उत्तरार्धमा लगनशीलताले कामह, सो, दा)रू अगाडि बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला तर यात्रा सफल नै हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया