मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता कीर्तिमानी काम गर्ने समय छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो हप्ता प्रेमीको सहयोग प्राप्त हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो हप्ता महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता धार्मिक र सेवा भाव बढ्ने योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन सक्छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा प्रगति नै होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट स्वास्थ्यमा सुधार आउनेछ । शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको दिन रहनेछन् । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
प्रतिक्रिया