Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज दुई खेल हुँदै

प्रकाशित: May 29, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:आज  दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको नवौं चरण अन्तर्गत सोमबार दुई खेलहरु हुनेछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा एफसी खुमलटार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार आज सातौं जितको योजनामा हुनेछ । खुमलटार २१ खेलमा २१ अंक जोडेर पुछारमा रहेको छ ।

हिमालयन आठौं जितको खोजीमा हुनेछ । हिमालयन २१ खेलमा २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।

पुलिस नवौं जितको खोजीमा हुनेछ । पुलिस २१ खेलमा २८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

फ्रेन्ड्स सातौं जित निकाल्न चाहन्छ । फ्रेन्ड्स २१ खेलमा २४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया