Pura Samachar

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त

प्रकाशित: May 29, 2023
पूरा समाचार

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी जेलमुक्त भएका छन् ।

अहिले बिहान उनी रिहा भएका हुन् । कैलालीको टीकापुर ‘नरसंहार’का मुख्य योजनाकार मानिएका चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि आज बिहान रिहा भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई रिहा गर्ने निर्णय गरेको थियो ।

उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता उनकी पत्नी पनि हुन्।

रिहा भएलगत्तै संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्।

उनले पाँच वर्ष तीन महिना जेलसजाय काटेका थिए । उनले अब बाँकी १४ वर्ष ९ महिना जेल सजाय छुट भएको छ । सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया