Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: May 29, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य घटे पनि स्थानीय बजारमा पनि मूल्य स्थिर भएको हो।

सोमबार सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तोलामा २ सय रुपैयाँ घटेर आइतबार उक्त मूल्य कायम भएको थियो।

चाँदीको मूल्य सोमबार प्रतितोला १३ सय ६० रुपैयाँ छ। आइतबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन चाँदीको भाउमा धेरै फराकिलो अन्तर छैन। सोमबार सुनको मूल्य प्रतिऔंस १९४६.११ डलर छ भने चाँदी प्रतिऔंस २३.२४ डलरले कारोबार भइरहेको छ।

आइतबार सुन प्रतिऔंस १९४६.६७ डलर र चाँदी २३.३२ डलर थियो।

प्रतिक्रिया