Pura Samachar

नेपाल पुलिस क्लबकाे जित

प्रकाशित: May 29, 2023
पूरा समाचार

नेपाल पुलिस क्लबकाे जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा अन्जन राईले दुई गोल गरे । फ्रेन्ड्सका विकास थापाले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २० औं मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ३५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।

पुलिसको यो नवौं जित हो । पुलिसले २२ खेलमा ३१ अंक जोडेको छ ।

पुलिस चौथो स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले २२ खेलमा २४ अंक जोडेको छ ।

प्रतिक्रिया