Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

प्रकाशित: May 31, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् ।

दोस्रो लेगको दशौँ चरण अन्तर्गत बुधबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

मछिन्द्र दशौँ जितको खोजीमा हुनेछ । मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै च्यासलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

थ्री स्टार सातौं जितको खोजीमा हुनेछ । थ्री स्टार २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

संकटा सातौं जित निकाल्न चाहन्छ । संकटा २२ खेलमा २६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया