Pura Samachar

नेपाल पुलिस क्लब जित,फ्रेन्ड्स र हिमालयन गोलरहित बराबरी

प्रकाशित: June 1, 2023
पूरा समाचार

नेपाल पुलिस क्लब जित,फ्रेन्ड्स र हिमालयन गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे ।

खेलको ७५ औं मिनेटमा मोसेसले रबि पासवानको क्रसमा हेडरमार्फत गोल गरे ।

 

पुलिसविरुद्ध आक्रमणमा हाबी भएको एनआरटीले भने पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यस्तै खेलको इन्जुरी समयमा एनआरटी १० खेलाडीमा समेटियो ।

एनआरटीका  कप्तान बिक्रम धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

पुलिसको यो दशौँ जित हो । पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा रहेको छ ।

एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

यस बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको छ ।

हिमालयनले २३ खेलमा ३० अंक जोडेको छ ।

प्रतिक्रिया