Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: June 4, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्यमा आइतबार गिरावट आएको छ।

शुक्रबार प्रतितोला ८ सय रूपैयाँले बढेर रेकर्ड ब्रेक गरेको सुनको मूल्य यो साताको पहिलो दिन १७ सय रूपैयाँले घटेको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार तीन सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७ सय ५० रूपैयाँ कायम थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार प्रतितोला एक हजार चार सय ३५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार २० रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय १५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया