
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसदको अवरोध नहट्ने प्रष्ट संकेत गरेका छन् ।
एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरोध गरेपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका हुन् । संसदको अवरोध हट्न राष्ट्र, संविधान र भूमिको रक्षा हुनुपर्ने बताए ।
‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’ ओलीले भने ।
प्रतिपक्षी दलहरुको बिरोधका कारण प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित भएको थियो । तर अहिलेसम्म शुरु भएको छैन भने राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण र भारतसँग जमिन सट्टापट्टा गर्ने विषयलाई लिएर एमालेले संसदका दुवै सदनमा अवरोध गरेको छ । प्रतिनिधिसभाको अवरोधमा रास्वपा र राप्रपा पनि एमालेको साथमा छन् ।
प्रतिक्रिया